यसकारण पाकिस्तानी क्रिकेट टीमले मानेन इमरान खानको सल्लाह

 

असार ७, काठमाडौं । विश्वकपमा १० टीमको सूचीमा पाकिस्तान ९ औँ नम्बरमा छ । पाकिस्तान भन्दा तल केवल अफगानिस्तान छ । पाकिस्तानलेयस प्रतियोगितामा अहिलेसम्म मात्र एक जित निकाल्यो । 

यसैबीच पाकिस्तानी खेलाडी मोहम्मद हफिजले भने, ‘विश्वकपमा खराब प्रदर्शनको कारण सबै खेलाडी दुःखी छन् । उनीहरु जित्नका लागि आतुर छन् । ताकि सेमिफाइनलमा स्थान बनाउन सकियोस्’ 

null

१९९२ को वल्र्ड कपको विजेता रहेको पाकिस्तान यस पटक प्रतियोगिताबाट बाहिरिने स्थितिमा छ । पाकिस्तान प्रतियोगितामा रहिरहनका लागि केवल बाँकी ४ म्याच जितेर मात्रै हुँदैन, अर्को टिमको म्याचको नतिजा पनि उसको पक्षमा हुनुपर्छ । 

पाकिस्तानको अर्को म्याच दक्षिण अफ्रिकासँग आइतबार लर्डस्मा हुँदैछ । हफिज भन्छन्, ‘पाकिस्तानी खेलाडी आफ्नो प्रदर्शन सुधार्नका आतुर छन् । पाकिस्तान तालिकामा ९ औँ नम्बरमा देखिनु हाम्रो लागि दुःखद् हो ।! 

पाकिस्तानले इंग्ल्याण्डसँगको खेल मात्रै जितेको छ, जसमा ३४८ रनको भारी स्कोर खडा गरेको थियो । यसमा हफिजले ८४ रन पारी खेलेका थिए । 

पाकिस्तानको शुरुवात निकै लज्जास्पद रहेको थियो । वेस्टइण्डिज भन्दा पहिलेको म्याचमा ७ विकेटको अपमानजनक हारको सामना गर्नुपरेको थियो । त्यसपछि अष्ट्रेलिया र भारतसँग पनि हार मिल्यो । श्रीलंकासँगको खेलमा पानी परेका कारण म्याच हुन सकेको थिएन । 

दक्षिण अफ्रिका बाहेक पाकिस्तानले न्यूजिल्याण्ड, अफगानिस्तान र बंगलादेशसँग म्याच खेल्नुपर्छ । एक टीमको रुपमा पाकिस्तान उत्कृष्ट प्रदर्शन दिन असफल भएको हफीज सुनाउँछन् । 

भारतसँगको हारपश्चात् मिडियामा भइरहेको तीखो आलोचनाको खण्डन गर्दै ३८ वर्षीय मोहम्मद हफिजले भने, ‘हामी कुनै एक व्यक्तिमाथि दोष थुपार्न सक्दैनौँ । हारको जिम्मेदारी सबैमाथि जान्छ । मिडियाको नकारात्मक अभियानबाट हामी दुःखी छौँ ।’ 

उनले अघि भने, ‘यहाँसम्म कि खेलाडीको परिवारलाई निशाना बनाइएको छ । जब हामी जीत गर्छौँ तब राम्रो कुरामा कि कुरा हुँदैन । मलाई थाहा छ कि पाकिस्तान मुश्किल स्थितिमा छ तर यो होइन कि अपेक्षा नै बाँकी छैन ।’ 

उनले अर्को म्याचको तयारी भइरहेको पनि बताए । उनले भने, ‘हामी अर्को म्याचको तयारी गर्दैछौँ । हामी म्याच जित्ने कोशिसमा छौँ । भारतसँगको म्याचपछि हामीलाई पर्याप्त समय मिलेको छ र हामी फेरि नयाँ शुरुवात गर्न जाँदैछौँ ।’ 

हफिजले भारतविरुद्ध टस जितेपछि बलिङ गर्ने फैसलाको पनि बचाउ गरे । यद्यपी प्रधानमन्त्री इमरान खानले पहिले ब्याटिङ गर्न सल्लाह दिएका थिए । १९९२ को विश्वकप क्रिकेटमा जब पाकिस्तान विजेता बनेको थियो, त्यो बेला इमरान खान नै पाकिस्तानी टीमका कप्तान थिए । 

हफिजले भने, ‘यो एक टीमको फैसला थियो । र यो फैसला कसैको ट्वीटको आधारमा लिन सकिँदैन । हामीले राम्रो बलिङ गर्न सकेनौँ त्यसैले हारको सामना गर्नुपर्यो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *