वेष्ट इण्डिज बंगलादेशसँग पराजित, साकिबको लगातार दोस्रो शतक

एजेन्सी । आईसीसी एकदिवसीय क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजविरुद्ध सहज जित हात पारेको छ । सोमबार सम्पन्न खेलमा बंगलादेशले वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको हो । 

काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्‍यो । बंगलादेशका लागि साकिबले शतकीय पारी खेले । ९९ बल खेलेका उनले १६ चौकाको सहयोगमा १२४ रनमा अविजित रहे । त्यस्तै, लिटन दासले अर्धशतकीय पारी खले । ६९ बल खेलेका उनले ८ चौका र ४ छक्काको सहयोगमा ९४ रन बनाए । 

 

null

बंगलादेशलाई जित दिलाउन तामिम इकबालले ४८ रन जोड्दा सौम्य सरकारले २९ रनको योगदान दिए । बलिङतर्फ वेष्ट इण्डिजका लागि आन्द्रे रसेल र ओशाने थोमसले समान एक एक विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो । 

वेष्ट इण्डिजका लागि साई होपले, शिम्रोन हेट्मायर र इभिन लुविसले अर्धशतकीय पारी खेले । १२१ बल खेलेका होपले ४ चौका र १ छक्काको सहयोगमा ९६ रनको योगदान दिए । ६७ बल खेलेका लुविसले ६ चौका र २ छक्काको सहयोगमा ७० रन बनाउँदा २६ बल खेलेका हेट्मायरले ४ चौका र ३ छक्काको सहयोगमा ५० पूरा गरेका थिए । 

वेष्ट इण्डिजका लागि कप्तान जेसन होल्डरले ३३ रन जोड्दा र्डेन ब्राभोले १९ रनको योगदान गरेका थिए । बलिङतर्फ बंगलादेशका लागि मुस्ताफिजुर रहमान र मोहम्मद सैफुदीनले सर्वाधिक तीन तीन विकेट लिए । त्यस्तै, साकिब अल हसनले दुई विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *