टी–ट्वान्टी विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, काे-काे परे ?

 

असार १५, काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । 

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुने खेलका लागि कप्तान पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको हो । 

null

आइतबार पत्रकार सम्मेलन गरी प्रशिक्षक उमेश पटवालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना छानिएको जानकारी गराए । 

एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । 

यस्तै नेपालले मलेसियासँग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसँग खेल्नेछ । 

पारस खड्का (कप्तान)ज्ञानेन्द्र मल्लबसन्त रेग्मीबिनोद भण्डारीदिपेन्द्र सिंह ऐरीकरण केसीललित नारायण राजवंशीअविनाश बोहरापवन सर्राफप्रदीप ऐरीरोहित कुमार पौडेलसन्दीप लामिछानेशरद भेषवाकरसोमपाल कामी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *