ओपो विम्बलडन च्याम्पियनशिप्सको आधिकारिक स्मार्टफोन पार्टनर

बैशाख २४, काठमाडौं । अल ईंग्ल्याण्ड लन टेनिस क्लब (एईएलटीसी), सँग पार्टनरसिप गर्दै ओपो च्याम्पियनशिप्स, विम्बलडनको पहिलो आधिकारिक स्मार्टफोन पार्टनर र पहिलो एसियाली पार्टनर समेत बन्न सफल भएको छ ।
ओपोले पछिल्ला समयमा खेल जगतमा एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) सँग आधिकारिक मोबाइल फोन पार्टनरका रुपमा सहकार्य गरिसकेको छ । यो नयाँ सहकार्यलाई ब्राण्डको टेनिस जगतमा पहिलो पाइलाका रुपमा लिइएको छ ।
null
च्याम्पियनशिप्स २०१९ देखि ५ बर्षका लागि गरिएको यो सहमतिले दुई ब्राण्डको सहकार्यले प्रमुख विकासोन्मुखस बजारमा आफ्नो स्थिती सुदृढिकरणका लागि उब्जाउने पारस्परिक अवसरको प्रतिनिधित्व गर्ने बताईएको छ ।
विम्बलडन ब्राण्डको सहयोग मार्फत ओपोले यूके र यूरोपेली बजारमा आफ्नो उपस्थितीलाई थप सशक्त बनाउनुका साथै बजारमा आफ्नो दिर्घकालिन लगानीको प्रतिबद्धता प्रदर्शित गर्नेछ । सहकार्यले एईएलटीसीलाई ओपोको उपस्थिति रहेका स्थानमा ब्राण्डको बलियो पहिचान स्थापित गर्न सहयोग मिल्ने छ, विशेषगरी चीनमा ।
ओपोको फ्ल्यागशिप स्मार्टफोन्स फाइण्ड एक्स र नयाँ मोडल रेनोको प्रयोगबाट विम्बलडनको सुन्दरतालाई जीवन्तता प्रदान गर्दै कम्पनीले एकिकृृत र थप सटिकरुपमा विश्वभरका उपभोक्तासँग अन्तरक्रिया गर्ने आफ्नो उद्देश्य पूरा गर्ने लक्ष्य लिएको छ ।
विम्बलडनमा प्रतिस्पर्धा गरिरहेका मध्ये विलक्षण प्रदर्शन गर्न सफल यूवा खेलाडीहरुलाई कम्पनीका तर्फबाट ओपो ब्रेकथ्रो अवार्डपनि प्रदान गरिने छ । ओपोले ब्यवसायिक ग्रास कोर्ट सिजन र एईएलटीसी ग्रास कोर्ट रणनीतिको प्रचारका लागिपनि उल्लेखनिय भूमिका खेल्ने छ ।
‘हामी च्याम्पियनशिप्स, विम्बलडनको पहिलो एसियाली पार्टनर बनेको घोषणा गर्न पाउँदा निकै गौरवान्वित छौं । च्याम्पियनशिप्स र हाम्रो हाम्रा उत्पादनमा नवप्रबर्तन र डिजाइनलाई विशेष प्राथमिकताका साथ पस्कने ब्राण्ड भ्यालु बिच ठूलो समानता छ ।’ ओपोका उपाध्यक्ष ब्रायन शेनले भने ।
अल ईंग्ल्याण्ड क्लबमा आयोजित कार्यक्रममा ओपोका उपाध्यक्ष, ब्रायन शिन र एईएलटीसी कमिटी मेम्बर, टिम हेनम्यान र एईएलटीसीका कमर्सियल र मिडिया डिरेक्टर मिक देसमण्डले औपचारिक हस्ताक्षर गरी गरेका थिए ।








