समाजवादी पार्टीको पदाधिकारीमा को–को अटाए ? (नामसहित)

  

बैशाख २३, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकता भएको छ । 

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको एकता समारोहमा डा. बाबुराम भट्टराईले पदाधिकारी घोषणा गरेका छन् । 

null

डा. भट्टराईले घोषणा गरेको पदाधिकारीमा संघीय परिषद्का अध्यक्षमा डा बाबुराम भट्टराई छन् भने केन्द्रिय समतिका अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । 

यस्तै वरिष्ठ नेता अशोककुमार राई, सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई चुनिएका छन् । 

त्यसैगरी महासचिवको पद गंगानारायण श्रेष्ठ, रणध्वज कन्दवा र रामसहायप्रसाद यादवले सम्हाल्ने छन् भने उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी रहेका छन् । 

मोहम्बद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंहले सचिवको जिम्मेवारी पाएका छन् भने कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *