‘रानु कम्मर’ भन्दै आयुष्मानले यी नायिकासँग मर्काए कम्मर

बैशाख २३, काठमाडौँ । ओपिजी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाइ टेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘सानो मन’ को ‘रानु कम्मर’ भन्ने बोलको गित सार्वजनिक गरिएको छ । 

 

काठमाण्डौमा एक कार्यक्रामकाे आयोजना गरी यस चलचित्रकाका निर्माणपक्षले यस गितलाई सार्वजनिक गरेका हुन् । यस गितमा चलचित्रको नायक आयुष्मान देशराज जोशीले नायिका शिल्पा मास्केसँग ‘रानु कम्मर’ भन्दै कम्मर मर्काएका छन् । उनीहरुका साथै यस गितमा गौरी मल्ल, विशाल पहारि, शिशिर वाङ्देल, रश्मी भट्टलाई पनि देखाईएको छ । 

null

सुयोग गुरुङद्वारा निर्देशित यस चलचित्रमा राजेन्द्र मानन्धर, योगेश गुरुङ, राजीव श्रेठ र रमेश के मित्तलको लगानी गरेका छन् । सार्वजनिक गरिएको यस गितमा गायिका सिमा राई र निर्देशक सुयोग गुरुङको नै स्वर रहेको छ भने रोमन र रवि मल्लको शब्द रहेको छ । यस गितको कोरियोग्राफी साजनत सिंहको गरेका हुन् भने गितमा संगित कल्याण सिंह र रोमन बज्रचार्यले भरेका छन् । 

निकै नै आकर्षित बनाईएको यस गितको भिडियोमा लगानी भने यस गितको लागि मात्र रु. तीस लाख लागेको सुन्नमा आएको छ । आगामी असारको २० गतेबाट देशभर प्रर्दशनमा आउन लागेको यस चलचित्रको कथा एउटा म्यूजिकल लभ स्टोरीमा आधारित राखेर बनाईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *