लेवान्डोस्कीले दुई गोल गरेपछि बायर्न म्युनिख जर्मन कप च्याम्पियन

एजेन्सी । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि साविक विजेता बायर्न म्युनिख जर्मन कप च्याम्पियन बनेको छ । बर्लिनमा शनिबार राति सम्पन्न खेलमा बायर्नले आरबी लेपिजिजलाई ३–० ले पराजित गर्दै लगातार जर्मन कप च्याम्पियन बनेको हो । पछिल्लो १९ वर्षमा बायर्नको यो १२ औं उपाधि हो । यसअघि बायर्नले जर्मन बुन्डेस लिगा जितिसकेको थियो । 

 

बायर्नका लागि एक गोल भने किङ्सले कोमानले गरेका थिए । एकपक्षीय खेलमा बायर्नले २९ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । उनले डेभिड अलावाको पासलाई सदुपयोग गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बायर्नले खेल सकिन १२ मिनेट बाँकी रहँदा दुई गोल गर्दै जित पक्का गरेको थियो । ७८ औं मिनेटमा किङ्सले कोमानले गोल गरेपछि बायर्न २–० ले अघि बढ्यो । 

null

त्यस्तै, ८५ औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै बायर्नलाई उपाधि दिलाए । लेपिजिजले सुरुवाती समयमा बायर्नलाई दवावमा राखेपनि सोही लयलाई कायम राख्न सकेनन् । च्याम्पियन बनेसँगै दुई भेट्रान्स आर्जेन रोवेन र फ्रान्क रिवेरीले बायर्नबाट अर्को उपाधि थप्दै बायर्नबाट अन्तिम खेले खेलेका छन् । उनीहरु दुवैले यो सिजनसँगै बायर्न छाड्दैछन् । 

लेपिजिजविरुद्धको खेलमा दुवै खेलाडी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । यस्तै प्रशिक्षक निको कोभाक खेलाडी र प्रशिक्षकको रुपमा एकै सिजन दुई उपाधि जित्ने बायर्नको पहिलो प्रशिक्षक बनेका छन् । निकोले खेलाडी जीवनमा पनि बायर्नबाट उपाधि जितेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nineteen =