नेपालले कीर्तिपुर मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने

काठमाडौं, २५ वैशाख । नेपालले आईसीसी विश्व कप छनोट लिग २ अन्तर्गत त्रिदेशीय सिरिज खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली क्रिकेट टोलीले घरेलु मैदान कीर्तिपुरमा अमेरिका र ओमानसँग खेल्नेछ ।
नेपालको यस खेल आगामी वर्ष फेब्रुअरी ५ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ । नेपालले एक दिवसीय सिरिज आयोजना गर्न लागेको पहिलो पटक हो । साढे दुई वर्षसम्म चल्ने लिगमा नेपालसहित नामिबिया, ओमान, पीएनजी, स्कटल्यान्ड, यूएई र अमेरिका रहेका छन् ।
null
होम एन्ड अवेका आधारमा खेलिने यस लिग सन् २०२२ को जनवरीसम्म सञ्चालन हुनेछ । तीन राष्ट्रले एक पटक कुनै एक राष्ट्रको घरेलु मैदानमा खेल्नेछ । यसैगरी नेपाल सन् २०२० को अप्रिलमा नामिबियामा सिरिज खेल्नेछ ।
उक्त सिरिजमा नामिबिया, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय सिरिज हुनेछ । त्यसपछि नेपालले पीएनजीमा यूएई र आयोजक पीएनजीसँग खेल्नेछ ।








