करोडपतिको शो माथि मुकुन्दको टिप्पणीः माडेलाई जिताउने प्री प्लान

 

बैशाख ३०, काठमाडौं । को बन्छ करोडपतिको पहिलो सिजनमै प्रतियोगी राजिव जैनले एक करोड जितेपछि उनलाई बधाई दिनेको ओइरो नै लागेको छ, सामाजिक सञ्जालमा । 

विराटनगरका जैनले आइतबार प्रशारित कार्यक्रममा १५ औं प्रश्न मिलाउँदै १ करोड जितेपछि सबैले उनको बौद्धिक क्षमताको खुलेर प्रशंसा गरे । 

null

सबै दर्शकहरु राजिवको पक्षमा उभिइरहँदा मुकुन्द घिमिरे ‘मुकुन्दे’ भने सेटिङ मिलाएर राजिव जैनलाई जिताएको भन्दै उनको विपक्षमा उभिएका छन् । 

सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया राख्दै उनले लेखेका छन्, ‘को बन्छ करोडपति एक्टिङ थियो, पैसा बाँडेर लिने सेटिङ थियो, कलाकारले देखाएको कला नै हो, माडेलाई जिताउने प्री प्लानै हो।’ 

उनले अघि लेखेका छन्, ‘माडवारी समुदायले लोकसेवा पनि भिड्दैन, कहिल्यै अर्काको जागिर पनि खाँदैन, करोडपति व्यापारी सोधिएका जति सबै प्रश्नहरुको विज्ञ कसरी भयो ? पक्कै पनि क्वोइसन आउट गरिएको थियो ।’ 

 

व्यापारिक पृष्ठभूमिका जैनले शनिबार प्रशारित एपिसोडमा १३ औं प्रश्नको उत्तर दिएर २५ लाख जितेका थिए । हिजो आइतबार अन्तिम २ वटा प्रश्नको उत्तर मिलाउँदै उनी विजेता भएका हुन् । 

 

उनलाइ अन्तिम प्रश्नका रूपमा २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनावको घोषणा कहिले गरिएको थियो ? भन्ने प्रश्न सोधिएको थियो । उनले उक्त प्रश्नको जवाफ मिलाउदै १ करोड जितेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *