तामाको औंठीले परिवर्तन गरिदिन्छ तपाइँको भाग्य, कसरी ? यस्तो छ रहस्य

एजेन्सी । ज्योतिषमा नौ ग्रह बताइएका छन् । सबै ग्रहको फरक फरक धातु हुन्छ । ग्रहका राजा सूर्य हुन् र सूर्यको धातु तामा हो । हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धातुलाई पवित्र मानिएको छ । पूजापाठमा यी धातुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धातुको औंठी पनि मानिसहरूले लगाउँछन् । 

तामाको औंठी लगाउँदा यस्ता फाइदा हुन्छन् । तामाको औंठी सूर्यको औंला अर्थात् अनामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दोषको असर कम हुन्छ । सूर्यका साथै मंगलको अशुभ असरलाई पनि तामाको औंठीले कम गर्छ । तामाको औंठीले सूर्यको बल बढाउँछ । 

सूर्यदेवको कृपाले घरपरिवार र समाजमा मानसम्मान पाइन्छ । तामाको औंठी लगाउँदा त्यसको औषधीय गुण पनि शरीरले प्राप्त गर्छ । रगत सफा हुन्छ । तामाको भाँडोमा राखिएको पानी पिउँदा स्वास्थ्यलाभ हुन्छ । औंठी लगाउँदा फाइदा हुने नै भयो । 

null

तामाको औंठीको असरले पेटसम्बन्धी रोगबाट छुटकारा पाइन्छ । तामा औंलामा लगाउँदा छाला पनि चमकिलो हुन्छ । आयुर्वेदका अनुसार, तामाको भाँडोले रोगप्रतिरोधक क्षमता बढाउँछ । यही लाभ तामाको औंठी लगाउँदा पनि हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *