ओेपो, प्रिमियम सेग्मेन्ट मध्येकै तिब्र बृद्धिदर हात पार्ने स्मार्टफोन ब्राण्ड घोषित

 

जेठ १३, काठमाडौं । गत महिना काउन्टरपाईण्ट रिसर्चले ओपोलाई विश्व स्तरमै सन् २०१८ का लागि स्मार्टफोन ब्राण्डको प्रिमियम सेग्मेन्टमा सर्वाधिक बृद्धिदर हात पार्न सफल कम्पनी घोषित गरेको छ । आश्चर्यजनक ८६३ प्रतिशत बृद्धिका साथ कम्पनीले प्रिमियम श्रेणीमा ६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ । 

यस आश्चर्यजनक बृद्धिदरका लागि नयाँ बजारहरुमा प्रवेश, क्यारियर पार्टनर्ससँगको सहकार्य लगायत विभिन्न कारक तत्वहरु रहेतापनि प्रमुख कारणका रुपमा कम्पनीको उत्पादन नै रहेको छ । 

null

अझ कम्पनी तथा समग्र स्मार्टफोन उद्योगकै लागि हाइलाइटका रुपमा ओपो फाइण्ड एक्स रहेको छ । प्यारिसको सुन्दर ल्यूभ म्यूजियमबाट सार्वजनिक गरिएको फाइण्ड एक्सले यसमा रहेको पानोरामिक आर्क स्क्रिन र आकर्षक पप्अप् क्यामेरा र स्लिक डिजाइनका लागि विशेष वाहवाहीपनि बटुल्यो । 

 

फाइण्ड एक्सका साथै, ओपोको आर सिरिज र त्यसमा पनि सन् २०१८ को अन्त्य तिर सार्वजनिक ओपो आर १७ प्रोका लागि प्राप्त सफलताको पनि यसमा उल्लेख्य भुमिका रहेको छ । फोनमा रहेको ग्राडियण्ट डिजाइन र अल्ट्रा नाइट मोड ओपो फ्यान्सका साथै ब्राण्डका नवप्रवेशी माझ समेत निकै लोकप्रिय रहन सफल भयो । 

चीनिया बजारमा दरिलो उपस्थितीका साथै नव प्रवेशी बजारमा समेत कम्पनीले उत्कृष्ट नतिजा निकाल्न सफल रह्यो । फ्रान्स, स्पेन, ईटाली र नेदरल्याण्ड्स लगायत यूरोपियली बजारमा प्रवेश गर्दै ओपोले आफ्नो बजार संख्या पहिलो पटक ४० ओटा भन्दा माथी पु¥याउन सफल भयो । 

बजार प्रवेशलाई थप सुदृद्ध तुल्याउन कम्पनीले स्पेनमा टेलिफोनिका र फ्रान्समा अरेन्ज लगायत नयाँ क्यारियर सम्बन्धहरुका साथै ओपो स्मार्टफोन्सको बजार तथा सेवाका लागि अग्रणी खुद्रा विक्रेताहरु संगपनि सम्बन्ध तथा सहकार्य स्थापित गरेको छ । 

प्रिमियम स्मार्टफोन सेग्मेन्टमा नयाँ बृद्धिचक्रका रुपमा ब्यापारिक फाइभजी स्मार्टफोन्सको प्रवेश सँगै दोब्बर अंकको बृद्धिदरले निरन्तरता पाइरहने काउन्टरपोइण्टको अनुमान छ । नयाँ ओपो रेनो सिरिजको घोषणाका साथमा आफ्नो उत्पादन पोर्टफोलियो थप बलियो बनाउने तयारीमा रहेको ओपोका लागि यसले थप सकारात्मक नतिजा निकाल्न सघाउने निश्चित छ । 

ओपो रेनोका साथमा कम्पनीले टेनएक्स हाइब्रिड जुम, स्न्यापड्रागन ८५५, पिभोट राइजिङ स्ट्रक्चरका साथमा भोक ३.० लगायत नयाँ फ्ल्यागशिप फिचर्सहरु उपलब्ध गराउने छ । साथै, स्विट्जरल्याण्डमा भरखरै घोषणा गरे अनुसार ओपो रेनो फाइभजी भ्यारियण्ट कम्पनीकै पहिलो फाइभजी स्मार्टफोन हुनेछ ।  

लामो समयदेखि निकै प्रतिक्षा गरिएको रेनो सिरिज, श्याङहाईमा १० अप्रिल र दुबईमा १६ अप्रिल पश्चात २४ अप्रिलका दिन ज्यूरिकमा आयोजित सार्वजनिक समारोह मार्फत यूरोपमा समेत सार्वजनिक भइसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *