वेस्ट इन्डिजलाई हराउँदै बंगलादेशले जित्यो त्रिकोणीय सिरिज
२०७६ जेठ ४ गते

एजेन्सी । बंगलादेशले त्रिकोणीय एकदिवसीय सिरिज जितेको छ । आयरल्यान्ड, वेस्ट इन्डिज र बंगलादेश सम्मिलित सिरिजको फाइनलमा वेस्ट इन्डिज र बंगलादेशबीच भिडन्त भएको थियो । फाइनलमा बंगलादेशले वेस्ट इन्डिजमा माथि ५ विकेटको जित निकालेको हो ।
वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १ विकेटको क्षतिमा १ सय ५२ रन बनाउदा खेल अवरुद्ध भयो । वेस्ट इन्डिजका लागि साइ होपले ७४ रन र एम्ब्रिसले नटआउट ६९ रन जोड्यो । वर्षाले खेल प्रभावित बनेपछि बंगलादेशलाई २४ ओभरमा २ सय १० रनको लक्ष्य पाएको थियो ।
null
बंगलादेशले २२.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गर्यो । उसका लागि मोसाडक हुसेनले नटआउट ५२ रन र सौम्य सरकारले ६६ रनको योगदान दिए ।
२०७६ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








