भदौदेखि जनकपुर जयनगर रेल सञ्चालनमा आउने

२०७६ वैशाख ३१ गते

बैशाख ३१, काठमाडौं । जनकपुर–जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ ।
भारतीय पक्षले यसअघि नै रेल खरिदका लागि मूल्य पठाइसके पनि नेपाली पक्षले ढिलाइ गर्दा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने भएको हो ।
null
रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग भएको सम्झौता अनुसार भदौसम्म रेल नेपाल आइपुग्ने जानकारी दिए ।
रेल सञ्चालनमा आएपछि जनकपुरको आर्थिक सांस्कृतिक र धार्मिक क्षेत्रको विकास र प्रर्वद्धनमा सहयोग पुग्ने विस्वास लिइएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

२०७६ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित