फिल्म खेल्ने रहर छ ? ‘प्रेम गीत ३’ का लागि हिरोइनको अडिसन खुल्यो है !

 

बैशाख २३, काठमाडौं । सन्तोष सेनको निर्माणमा बन्न लागेको चलचित्र ‘प्रेम गीत ३’ मा नयाँ नायिकाले अवसर पाउने भएका छन् । 

निर्माण टीमले चलचित्रका लागि विभिन्न ४ वटा शर्तहरु राख्दै नव नायिकाको खोजी गरेको छ । 

null

यो फिल्मका लागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागी हुन सक्ने निर्माण टिमले बताएको छ । अडिसन दिनका लागि www.aasusenfilms.com र [email protected] ईमेलमा पनि सम्पर्क गर्न सकिन्छ । 

नव नायिकाका लागि निर्माण टीमका ४ शर्तः 

१. हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्बिरसहित आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्री बन्न चाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्म हुनुपर्नेछ । १८ वर्षभन्दा माथि र २५ वर्ष नपुगेको हुनुपर्नेछ । 

२. आवेदन भरेका मध्ये २० जना फाइनल अडिसनका लागी छान्नेछौं । उहाँहरु मध्येबाट एकजना मुख्य अभिनेत्री छनौट गर्नेछौं । 

३. इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नु पर्नेछ । 

४. चलचित्र प्रेम गीत ३ आसुसेन फिल्मको ब्यानरमा निर्माण हुन गइरहेको पाँचौं प्रोजेक्ट हो । 

२०७६ सालको चैत २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रको पोस्टर समेत तयार भइसकेको छ । 

प्रेम गीतको २ सिक्वेलमा लगातार नायकको भूमिका निभाएका प्रदिप खड्का तेस्रो सिक्वेलमा पनि नायक रहने छन् । अन्य कलाकारहरु भने फिक्स भइसकेका छैनन् । 

यो फिल्मलाई छेतन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् । निर्माता सेनले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *