‘धुलो धुवाँ धेरै भो, श्वास फेर्न गाह्रो भो’ भन्दै स्थानीय सडकमा

 

बैशाख २६, काठमाडौं । धुलो, धुवाँ, हिलोबाट वाक्क बनेका चुच्चेपाटी–बौद्ध–जोरपाटीका स्थानीयले त्यहाँको सडकखण्ड कालोपत्रे गर्न माग गर्दै आज प्रदर्शन गरेका छन् । 

धुवाँ–धुलोले श्वास फेर्न गाह्रो भएको भन्दै आक्रोशित बनेका स्थानीयले बिहीबार सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका हुन् । समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारावाही गर्नुपर्ने उनीहरुको माग छ । 

null

 

बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने स्थानीयको अडान छ । प्रदर्शनमा उत्रिएकाहरुले ‘कालो पत्रे छिटो गर’, धुवाँ धुलो धेरै भो, श्वास फेर्न गाह्रोे भो’, स्वास्थ्यमाथिको खेलवाड बन्द गर’, ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर’, लगायत लेखिएका प्लेकार्ड बोकी शंख फुकेर सरकारको ध्यानाकर्षण गराएका थिए । 

 

सरकारले सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको रटान लगाए पनि वास्तविकतामा त्यसो भएको पाइँदैन । काठमाडौँमा सडक पुनर्निर्माणको काम निकै सुस्त गतिमा भएकाे देखिन्छ । चुच्चेपाटी–बौद्ध–जोरपाटी लगायतका क्षेत्रमा लामो समयदेखि सुरु भएको पुनर्निर्माणले गति लिन सकेको छैन । 

पछिल्लो समय स्थानीयले चुच्चेपाटी–बौद्ध–जोरपाटी सडक चाँडो कालोपत्रे गर्न दबाब दिन सङ्घर्ष समिति नै बनाएर दबाब दिन सुरु गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *