आफ्नो यो चलचित्र छोराले नहेरोस् भन्ने चाहन्छन् अक्षय, यस्तो छ कारण

 

जेठ २, काठमाडौं । अभिभावक बनेका कतिपय सेलिब्रेटीहरु आफ्नो खराब भूमिका रहेकोे चलचित्र आफ्ना सन्तान, परिवारले नहेरिदेओस् भन्ने चाहन्छन् । यस्तैमा छानिएका छन् बलिउड अभिनेता अक्षय कुमार पनि । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्वार्ता लिएर चर्चामा आएका अभिनेता अक्षयले पत्रकारसँगको कुराकानीमा आफू अभिनित चलचित्र ‘गरम मसला’ आफ्नो छोराले नहेरिदेओस् भन्ने चाहेको बताए । 

null

उनले भने, ‘एउटा चलचित्र जुन म आफ्नो छोराले नहेरिदेओस् भन्ने चाहन्छु । त्यो हो ‘गरम मसाला’ । किनकि यस चलचित्रमा मेरो साधारण मानिसको जस्तो भूमिका छैन । यसमा म एकैपटक ३–४ जना केटीहरुलाई डेट गरिरहेको थिएँ । यो फिल्ममा मेरो भूमिका निकै नै फरक किसिमको थियो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *