गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण रोकियो

 

बैशाख २९, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम रोकिएको छ । सरकारले निर्माण पक्षलाई बेलैमा भुक्तानी नदिँदा काम रोकिएको हो । 

अहिले विमानस्थलको रनवेको अन्तिम पिच हुन लागेको बेलमा यसरी पटकपटक स्थगित हुनु र सरकार निरीह हुनुले आयोजना छिट्टै सकिएला भन्नेमा आशंका पैदा भएको छ । 

null

निर्माण गरिहेको नर्थवेस्ट कम्पनीलाई भुक्तानीका लागि एसियाली विकास बैंकमा बेलैमा फाइल नपठाउँदा ठेकेदारले समयमा भुक्तानी नपाएका हुन् । रकम निकासी रोकिएसँगै रनवे पिचको काम अन्तिम समयमा आएर रोकिएको छ।  

दाङ, चितवनका साथै स्थानीय नदीबाट ल्याइने गिट्टी बालुवाको आपूर्तिमा पनि क्रसर उद्योग र रूपन्देहीवासीको कुरा नमिल्दा आयोजनाले विभिन्न समस्या भोग्दा गौरवका साथै प्रदेश–५ को विकासको नमुना मानिएको उक्त विमानस्थलको काम ढिलो हुँदै गएको छ । 

विमानस्थललाई आवश्वयक पर्ने निर्माण सामग्री बर्खा लागेपछि खोला किनारबाट निकाल्न समस्या हुने हुँदा बेलैमा यस विषयमा सरोकारवाला पक्ष सचेत हुनुपर्ने एक अधिकारीले बताएका छन् । कम्पनीले निर्माण पक्षका सप्लायर्स र कामदारलाई समयमै तलब दिनुपर्ने हुन्छ । 

नागरिक उड्डयन प्राधिकरणले दिनुपर्ने भुक्तानी समयमै दिएको र एसियाली बैंकबाट पाउनुपर्ने १० करोडभन्दा बढी रकम नपाउँदा रनवेको काम रोकिएको निर्माण पक्षको दाबी छ । 

अर्थमन्त्रालय र पर्यटन मन्त्रालयका सचिवको क्षण भरको काम नसकी प्रधानमन्त्रीको भ्रमणमा विदेश जाँदा यो अवस्था सिर्जना भएको कम्पनीका एक अधिकारीले बताएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सन् २०१९ भित्रै निर्माण सकी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलाई सञ्चालन गर्ने बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *