पत्नीको जन्मदिनमा यस्तो अवस्थामा भेटिए विराट

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माले मे १ मा आफ्नो ३१ औं जन्मदिन मनाइन । उनी जन्मदिनमा आफ्ना पति एवम् भारतीय क्रिकेटका कप्तान विराट कोहलीसँग एक तालको किनारमा रोमान्टिक अन्दाजमा रमाइरहेको अवस्थामा एक भिडियोमा कैद भएकी छिन् । 

उनको यस पललाई क्रिकेटर केएल राहुलले आफ्नो मोबाइलमा कैद गरेका छन् । कोहलीले यस भिडियोलाई आफ्नो इन्स्टाग्राम खातामा राखेका छन् । यस भिडियोमा दुबै जना ताल किनारमा एकअर्कालाई हेर्दै मुस्कुराइरहेका छन् भने यस क्रममा नेपथ्यमा एक रोमान्टिक गीत बजिरहेको सुन्न सकिन्छ । 

जन्मदिनमा विराटसँगको यस पल अनुष्काका लागि पक्कै नै स्मरणिय पलहरूमा एक हुनेछ । दुबै सन् २०१७ मा विवाहबन्धनमा बाँधिएका थिए । उनीहरूले इटालीमा विवाह गरेका थिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *