राष्ट्रपतिको सवारीमा जे देखियो…(भिडियोसहित)

 

बैशाख १८, काठमाडौं । चाहे विदेश भ्रमणबाट स्वदेश फर्किँदा होस्, या स्वदेशकै कुनै कार्यक्रममा सहभागी हुनका लागि होस् । राष्ट्रपति सवारी भन्ने बित्तिकै सडक खाली गर्ने चलन छ नेपालमा । 

आज पनि सोही परम्परालाई धान्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्कँदा सडक खाली गरिएको थियो । 

null

 

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या देखिएका कारण भ्रमण तालिका भन्दा एक दिन अगावै स्वदेश फर्किने भएपछि सडक खाली गरिएको हो, ताकि उनलाई सास्ती खेप्नु नपरोस् । ‘हाई अल्टिच्युड’ का कारण उनको स्वास्थ्यमा समस्या देखिएको जानकारी दिइएको छ । 

 

बुधबार राष्ट्रपतिको सावरीबारे उल्लेख नगरी महानगरीय ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि शीतल निवाससम्मको सडक दुईतर्फी खाली गराएको थियो । 

 

राष्ट्रपतिको सवारीका कारण दुःख खेप्नुु परेको भन्दै सर्वसाधारणले पटक–पटक यसको विरोध समेत गर्दै आएका छन् । तर सरकारले यस विषयमा कुनै चासो दिएको देखिँदैन । 

 

 

 

 

 

 

 

सबै तस्विरहरूः मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *