इंग्ल्याण्ड सामु निरिह दक्षिण अफ्रिका, बेन स्टोक बने नायक

एजेन्सी । आइसीसी विश्वकप क्रिकेट २०१९ मा इंग्ल्याण्डले विजयी सुरुवात गरेको छ । चार खेलाडीको अर्धशतक अनी जोफ्रा आर्चरको उत्कृष्ट बलिङमा घरेलु टोली इंग्ल्याण्डले १२ औं संस्करणको विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको हो । लण्डनको ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३११ रन बनाएको थियो । ३१२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३९.५ ओभरमा २०७ रनमा अलआउट भयो । 

खेलको पहिलो ओभरमै इंग्ल्याण्डले जोनी बेयर्स्टोबलाई शुन्यमा गुमाएको थियो । विश्वकपको इतिहासमै प्रतियोगिताको पहिलो ओभर बलिङ गर्ने स्पिनर बनेका दक्षिण अफ्रिकामा इमरान ताहिरले बेयर्स्टोवको विकेट लिएका थिए । तर दोस्रो विकेटका लागि ज्यासन रोए र जोए रुटले १०६ रनको साझेदारी गरेपछि इंग्ल्याण्ड सम्हालिएको थियो । रोएले ५४ र रुटले ५१ रन जोडे । इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए । उनले ७९ बल खेल्दै ९ चौका प्रहार गरे । 

 

null

इंग्ल्याण्डका लागि इयान मोर्गनले मात्र छक्का प्रहार गरे । उनले ६० बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गर्दै ५७ रन योगदान गरे । जोस बटलरले १८ र क्रिस वोक्सले १३ रन जोडे । बलिङमा लुंगी एनगिदिले ३ तथा इमरान ताहिर र कगिसो रबाडाले २-२ विकेट लिए । १० ओभर स्पेलमा एनिगिदी र रबाडाले समान ६६ रन खर्चदा ताहिरले ६१ रन खर्चे । ३१२ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि दुई खेलाडीले अर्धशतक प्रहार गरेपनि जितसम्म पुर्‍याउन सकेनन् । ओपनर क्वेन्टन डे कक र रासे भान डेर डुसानले अर्धशतक बनाए । 

जोफ्रा आर्चरले अइडेन मारक्रम ११ र कप्तान फाप डु प्लेसिस ५ लाई आउट गर्दै इंग्ल्याण्डलाई सुरुवाती सफलता दिलाएका थिए । त्यसअघि ओपनर हसिम अमला आर्चरको बाउन्सरले हेलमेटमा लागेर रिटायर्ड हर्ट भएका थिए । तर पछि अमलाले क्रिजमा फर्केर पुन: ब्याटिङ गरे । दशौँ ओभरमा ४४-२ को अवस्थामा रहेको दक्षिण अफ्रिकाका लागि डे कक र भान डेर डुसानले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै आशा जगाएका थिए । तर २३ औँ ओभरमा लियम प्लनकटले डे ककलाई जोए रुटबाट क्याचआउट गराएपछि दक्षिण अफ्रिकाको विकेट पतन सुरु भयो । 

कक ७४ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ७८ रन बनाए । त्यसपछि क्रिज पुगेका जेपी डुमिनी ८ तथा ड्वाने प्रेटोरिओस् १ रन बनाएर आउट भए । भान डेर डुसानले ६१ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ५० रन जोडे । एन्ड्र पेहलुक्वायोले २४ रन बनाए । दक्षिण अफ्रिकालाई अलआउट गर्न आर्चरले ३, लियम प्लनकट र बेन स्टोकले २-२ तथा एदिल रसिद र मोइन अलीले १-१ विकेट लिए । पहिलो पटक विश्वकप खेलिरहेका आर्चरले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ३ विकेट लिए । 

ब्याटिङमा सर्वाधिक ८९ रन बनाएका स्टोकले बलिङमा पनि अन्तिम २ विकेट लिएका थिए । उनले एक शानदार क्याचसहित दुई क्याच समेत गरे । ब्याटिङ, फिल्डिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका स्टोक खेलको म्यान अफ दि म्याच घोषित भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *