प्रियंकासँग रिसाएका सलमानले लाइभ अन्तर्वार्तामै यसरी आक्रोश पोखे

बैशाख २२, मुम्बई ।  बलिउड अभिनेता सलमान खानले लाइभ अन्तर्वार्तामै अभिनेत्री प्रियंका चोपडासँग फिल्म ‘भारत’ को विषयमा भएको विवादको बारेमा बोलेका छन् । 

 

‘दबंग –३’ को शुटिङमा र फिल्म ‘भारत’ को प्रमोशनको काममा व्यस्त रहेका सलमान खान र अभिनेत्री कैटरीना कैफको एउटा भिडियो सामाजिक सञ्जालमा यतिबेला निकै भाइरल भइरहेको छ । 

null

केहि दिन अगाडि सलमान र कैटरीनाले फिल्म निर्देशक अली अब्बास जफरसँग ट्विटरमा लाइभ अन्तर्वाता गरेका थिए । उक्त लाइभमा अलीले ट्विटरमा आएका दर्शकका प्रश्नको जवाफ पनि दिएका थिए । त्यसैक्रममा सलमानले दिएको जवाफले धेरैलाई आश्चर्यमा पारेको थियो । 

सलमानको जवाफमा उनी प्रियंकाप्रति अझै पनि रुष्ट रहेको स्पस्ट झल्किन्थ्यो । फिल्ममा नायिकाको भूमिकामा सुरुमा प्रियंकालाई लिइएको थियो तर उनले समय नदिएको कारण देखाउँदै उनलाई हटाएर कैटरीनालाई भित्र्याइएको थियो । यो फिल्मको भूमिका निभाउन कैटरीनालाई कति मेहेनत गर्नुपर्यो भन्ने दर्शकको प्रश्नको जवाफमा सलमानले उनले कडा परिश्रम गरेको र यदि प्रियंकाले पनि समय दिएको भए … । उनी अझै पनि फिल्ममा प्रियंकालाई हटाउनु र प्रियंका हट्नुप्रति असन्तुष्ट रहेको स्पष्ट थियो । 

सलमान खानको फिल्म ‘भारत’ जुन ५ मा रिलीज हुँदैछ । जसमा सलमान खान, कैटरीना कैफ, दिशा पटानी, सुनील ग्रोवर, ज्याकी श्राँप, नोरा फतेही जस्ता कलाकारको मुख्य भूमिका रहेको छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *