वीर अस्पतालको बिजोग: निजीमा रिफर भएर महँगो शुल्क तिर्न बिरामी बाध्य

काठमाडौं, २१ वैशाख । वीर अस्पतालका विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नुपर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् । अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन् । अस्पतालको आईसीयू नपाउँदा उनीहरू निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन् । 

वीरमा ३ हजार रुपैयाँमा पाइने आईसीयू बाहिर चार गुणा बढी छ । भेन्टिलेटर बिग्रिएको १ वर्ष हुँदा पनि मर्मत भएको छैन । एक वर्षदेखि उपकरण बिग्रिएकै कारण नाक, कान, घाँटी विभाग पनि प्रभावित छ । शल्यक्रियाका लागि आवश्यक माइक्रोसकोप उपकरण बिग्रिएका कारण आएजति बिरामीले सेवा पाउन सकिरहेका छैनन् ।वीरमा २ हजार रुपैयाँमा हुने शल्यक्रिया निजीमा ३० देखि ४० हजार रुपैयाँसम्म तिरेर शल्यक्रिया गराउनु परेको बिरामी बताउँछन् । आजको कान्तिपुरमा फातिमा बानुले यो खबर लेखेकी छन् । अरू पनि यस्ता थुप्रै विभागका उपचारण बिग्रँदा बिरामी निजीमा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =