फ्यानको भनाईप्रति नायिका प्रियंकाको चित्त दुखाई

बैशाख २९, काठमाडाैँ ।  निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले बिहेको पार्टीमा ग्रे कलरकाे लेहेङ्गा लगाई निकै राम्री भएर पुगेकी प्रियंका कार्कीलाई एक फ्यानले भनेको कुराले निकै मन दुखेको छ । 

 

काठमाण्डौको पाँच तारे होटल हायातमा शुक्रबार सम्पन्न गरिएको उक्त बिहेको पार्टीमा उनलाई एक फ्यानले ‘तपाइहरुको काम फोटो खिच्ने त हो नी’ भनेपछी उनको मन दुखेको हो । थोरै चलचित्रकर्मीहरुलाई मात्र निमन्त्रणा गरिएको उक्त बिहेको पार्टीमा नायिका कार्कीलाई पनि आमन्त्रित गरिएपछी उनी उक्त बिहेको पार्टीमा पुगेकी थिईन् । 

null

 

शुक्रबार बेलुका उक्त बिहेको पार्टीमा सहभागी हुन गएकी नायिका कार्कीसँग फोटो खिच्ने फ्यानहरुको ओईरो लागेको थियो । उनी फ्यानहरुसँग फोटो खिँच्दा खिँच्दै  निकै थाकी सकेकी थिईन् । यसैबिच उनको एक फ्यानले फोटो खिच्न अनुरोध गरेपछी उनले ‘म पनि साथीको बिहेमा आएकी हुँ । एकछिन ल, साथीलाई त भेट्छु ।’ भनेपछी ती फोटो खिच्न अनुरोध गर्ने फ्यानले ‘तपाइहरुको काम फोटो खिच्ने त हो नी’ भनेका थिए । ती फ्यानले यस्तो भन्दा कलाकारको नै अपमान भएको जस्तो उनको मनमा लागेको उनले बताएकी छिन् । 

उनले कुनैपनी कार्यक्रम सहभागी हुनु भनेको आफूहरुको काम फोटो खिच्ने मात्र नभएको बताउँदै यस्तो कुरा सबैले वुझ्नु पर्ने बताएकी छिन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *