दुर्भाग्यको कारण बन्न सक्छ घरमा राखिएको यस्ता चीज

एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा राखिएको हरेक वस्तुले घरलाई र घरका सदस्यलाई प्रभावित गर्ने गर्छ । तीमध्ये भित्तेघडी पनि एक हो । भारतका ज्योतिषाचार्य पं प्रफुल्ल भट्टका अनुसार घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ । 

यदि यससँग जोडिएका वास्तुका केही सजिला कुरा ध्यानमा राखे तपाईंको खराब समयलाई राम्रो बनाउन सकिन्छ । 

 

null

यी कुरा ध्यानमा राख्नुहोस्ः 

१. बन्द वा टुटेफुटेको घडी बन्द वा टुटेफुटेको घडी घरमा राख्दा घरको सकारात्मक ऊर्जा कम हुन थाल्छ । त्यसकारण घरमा राखिएको भित्तेघडी बन्द वा टुटेफुटेका छन् भने त्यसलाई तुरुन्त हटाउनुहोस् किनभने यसले दुर्भाग्य बढ्ने गर्छ । 

२. घरको दक्षिण भित्तामा नराख्नुहोस् घडीः वास्तुमा घरको दक्षिण दिशालाई यमको दिशा मानिन्छ । साथै यो दिशा स्थिरताको हो । यो दिशामा घडी राख्दा प्रगतीको अवसरमा बाधा उत्पन्न हुनसक्छ । साथै, यो दिशा घरको मुखियाका लागि हुन्छ । यो दिशामा घडी राख्नु उनीहरुको स्वास्थ्यमा नकारात्मक असर पुग्ने बताइन्छ । 

३. घरको ढोकामा पनि नराख्नुहोस् घडीः घरको मेनगेट वा ढोका माथि घडी राख्नु पनि शुभ मानिँदैन । यस्तो गर्दा तनाव बढ्ने गर्छ । यसो गर्दा घरमा आउँदा जाँदा विभिन्न प्रकारको नकारात्मक ऊर्जाको प्रभाव घडीमा पर्न सक्छ जसका कारण तपाईंले विभिन्न प्रकारको समस्याको सामना गर्नुपर्ने हुन्छ । 

४. यो दिशामा घडी राख्दा शुभ फलः घडीलाई घरको पूर्व, पश्चिम वा उत्तर दिशामा लगाउनुपर्छ । पूर्व दिशामा लगाइएको घडीले वातावरणलाई शुभ र प्रेमपूर्ण बनाउन सहयोग गछैन । पश्चिम दिशामा घडी राख्दा घरको सदस्यले नयाँ अवसर प्राप्त गर्छन् र उत्तर दिशामा लगाइएको घडीले घरको पैसा क्षती हुनबाट जोगाउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *