प्रिमियर लिग: लेस्टरमाथि सिटीको रोमाञ्चक जित, लिभरपुलको यात्रा कठिन

एजेन्सी । म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि कठिन जित निकालेसँगै इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड झनै रोमाञ्चक बनेको छ । सोमबार राति भएको खेलमा उपाधि दौडमा रहेको सिटीले लेस्टरमाथि १–० को कठिन जित निकालेसँगै प्रिमियर लिगको उपाधि होड झनै रोमाञ्चक बनेको हो । 

 

प्रिमियर लिगमा एक राउन्डको खेल बाँकी रहँदा अब उपाधिको छिनोफानो अन्तिम खेलबाटै हुने छ । उपाधि होडमा सिटीसँगै लिभरपुल रहेको छ । सिटी ३७ खेलबाट ९५ अंक जोडेर शीर्षस्थानमा उक्लदा समान खेलबाट लिभरपुल ९४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

null

 

अन्तिम खेलमा ब्राइटनलाई पराजित गरे सिटी च्याम्पियन बन्नेछ । लिभरपुललाई च्याम्पियन बन्न सिटीले अंक गुमाउनुका साथै आफुले पनि जित निकाल्नुपर्ने हुन्छ । प्रिमियर लिगको अन्तिम राउन्डमा सिटीले मे १२ मा ब्राइटनसँग तथा लिभरपुलले सोही दिन नै वल्भ्ससँग खेल्नेछन् । 

 

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीलाई महत्वपुर्ण ३ अंक दिलाउन कप्तान भिसेन्ट कोम्पनीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो । दवावमा खेलेको लेस्टरले सिटीलाई पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि दोस्रो हाफमा रोक्न सकेन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =