विराटनगरमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा

  

बैशाख १८, विराटनगर । पूर्व क्षेत्रमा क्रिकेटको स्तर खस्किरहेका बेला पहिलो पटक विराटनगरमा निजि क्षेत्रको लगानीमा अन्ताष्ट्रिय मापदण्ड अनुसारको सबै संरचना भएको क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । 

विराटनगरलगायत पूर्व क्षेत्रमा क्रिकेट खेलमा आफ्नो भविष्य बनाउन चाहने खेलाडीहरुलाई स्थान दिन र अब्बल खेलाडी उत्पादन गर्नका लागि विराटनगरका क्रिकेटप्रेमी युवाहरुको अग्रसरतामा करिब २० लाख रुपैयाँको लागतमा क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको हो । 

null

विराटनगरलगायत आसपासको क्षेत्रमा क्रिकेट प्रशिक्षण केन्द्रको अभाव भइरहेका बेला २०१८ को नोभेम्बरमा औपचारिक रुपमा दर्ता भएर विराटनगर स्थित सोमबारे हाटमा विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमी सञ्चालनमा ल्याइएको एकेडेमीका सचिव अभिषेक श्रेष्ठले जानकारी दिए । 

बिहान र बेलुका दुई सेशनमा सञ्चालन गरिएको सो क्रिकेट प्रशिक्षण केन्द्रमा नेपालबाट पटक पटक अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका पूर्व राष्ट्रिय खेलाडी राजकुमार प्रधानले प्रशिक्षण दिनेछन् । 

सो एकेडेमिमा ब्याटिङ, बलिङ, फिल्डीङलगायत क्रिकेटकमा सबै विधा सिकाइने गरिएको र ३ वटा सिमेन्टेङ पिच, ५ वटा नेट, २ वटा तर्फ, ३ वटा बलिङ मेशिनलगायतका सुविधा रहेको सचिव श्रेष्ठले जानकारी दिए । 

उनले सो एकडेमिमा हाल सम्म ७० जनाले प्रशिक्षण लिइरहेको जानकारी दिइएको छ । सचिव श्रेष्ठले उक्त एकेडेमीमा प्रशिक्षण लिन चाहनेहरुले भर्ना शुल्क २ हजार रुपैयाँ बुझाउनुपर्ने र सो रकमबाट खेलाडीकै लागि तालिम जर्सी, क्याप टोपी र परिचय पत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए । 

प्रशिक्षण लिने महिला खेलाडीका लागि मासिक ५ सय र पुरुष खेलाडीका लागि १ हजार रुपैयाँ शुल्क लिइने गरेको विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले जनाएको छ । एकेडेमीका सचिव श्रेष्ठले भने, ‘निजि क्षेत्रको लगानीमा सुरु गरिएको प्रशिक्षण केन्द्र विराटनगरमा पहिलो पटक सञ्चालनमा ल्याइएको हो । यहाँ अन्तराष्ट्रिय मापदण्ड अनुसार क्रिकेटको सम्पूर्ण तालिम दिइन्छ । तर, त्यसका लासग केही शुल्क भने तिर्नुपर्छ ।’ 

त्यसो त अन्तराष्ट्रिय मापदण्ड अनुसारको सबै संरचनासहितको प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिन पाउँदा खुशी लागेको खेलाडीहरुले बताएका छन् । उनीहरुले एकाडेमी खेलाडीहरुका लागि अवसर भएको बताए । 

 

प्रशिक्षर्थी खेलाीहरुले एकाडेमीमा धेरै सुविधा रहेकाले आफुहरुलाई अवसर सृजना भएको पनि बताए । विराटनगरका खेलाडी श्रवण किस्कुले भने, ‘हामी क्रिकेट त पहिला पनि खेल्थ्यौँ । तर सैद्धान्ति र प्राक्टीकल ज्ञान थिएन । यहाँ डेढ महिनादेखी सिकिरहेको छु । एकदमै राम्रो र सहज वातावरणमा सिक्न पाएका छौँ । हामीलाई खुशी लागेको छ । यो हाम्रा लागि अवसर हो ।’ 

क्रिकेट प्रशिक्षक राजकुमार प्रधानले विराटनगर क्रिकेटको शहर भएकाले यस क्षेत्रमा सो खेलको स्तरमा गिरावट आएकाले क्रिकेटको स्तर उकास्न आफ्नो थोरै योगदान दिन भएपनी प्रशिक्षण दिन विराटनगर आएको बताए । उनले हाल प्रशिक्षणरत खेलाडीहरुको प्रदर्शन राम्रो हुँदै गएको बताउँदै सो एकाडेमीमा प्रशिक्षण लिएका खेलाडीहरु विभिन्न उमेर समूहको प्रदेश टिममा पर्न सफल भएको बताए । 

उनले भने, ‘पहिले विराटनगरको क्रिकेट एकदमै राम्रो थियो । अहिले निकै खस्किएको देखेपछी यहाँको क्रिकेटको विकासका लागि मैँले केही गर्न सक्छु की भनेर म यहाँ जोडिएको हुँ ।’ 

उनले सो एकाडेमीमा प्रशिक्षण दिएर अब्बल खेलाडी उत्पादन गर्नका लागि आफू एकेडेमीमा आवद्ध भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =