कोरियाली विश्वविद्यालयले दियो प्रधानमन्त्रीलाई विद्यावारिधिको उपाधि

 

जेठ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गरेका छन् । 

बुधबार नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजित कार्यक्रममा प्रम ओलीले सो उपाधि ग्रहण गरेका हुन् । दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रम ओलीलाई ‘मानार्थ विद्यावारिधि’ उपाधि प्रदान गरेको हो । 

null

काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युनले ओलीलाई उपाधि हस्तान्तरण गरेका हुन्। 

यो प्रधानमन्त्री ओलीको चौंथो मानार्थ विद्यावारिधि उपाधि हो । उनले यसअघि पनि अमेरिकाको बेलिज, भारत, कोस्टारिकाका विश्वविद्यालयबाट यस्तो उपाधि प्राप्त गरिसकेका छन् । 

सन् १९४६ मा स्थापित यो विश्वविद्यालय क्रिस्टियानिटी र मानवताको सिद्धान्तमा आधारित भएर सत्य, स्वतन्त्रता, समभाव र मानव कल्याणमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्य रहेको उक्त विश्वविद्यालयको वेबसाइटमा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *