नेपाल भारत सीमामा आगलागी: २ बालबालिकाको मृत्यु, एक घाइते

बर्दिया, २५ वैशाख । नेपाल भारत सीमासँग जोडिएको भारतको सलारपुर गाउँमा मंगलबार दिउँसो भिषण आगलागी भएको छ । आगलागीबाट २ बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिकासँग जोडिएको उत्तरप्रदेशको बहराइच जिल्ला सलारमा लक्ष्मण रायको घरमा आगलागी भएको हो ।
उनको घर छोरीको विवाहको तयारी भइरहेको थियो । सोही क्रममा ग्यास सिलिण्डर बिस्फोट हुँदा आगलागी भएको स्थानीय बताउँछन् । आगलागीबाट सलारपुरकी ३८ वर्षीया मुनिया रैदास र उनकी १५ वर्षीया छोरी करिश्मा रहेको स्थानीयले जनाएका छन् ।
null
दिउँसो चलेको हावाले आसपासका करिब दुई दर्जन घर पनि जलेका छन् । आगोको धुवाले सिमावर्ती नेपाली बस्ती ढाकेको छ । आगलागीबाट स्थानीय १३ वर्षीय नीरज गौतम भने घाइते भएका छन् । सख्त घाइते गौतमको गुलरियास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आगो नियन्त्रण गर्न गुलरिया नगरपालिकाको दमकल पुगेको थियो ।
सीमावर्ती भारतीय नागरिकको आग्रहमा दमकल छिमेकी मुलुक भारत पठाएको थियो । आगो निभाउन ठूलो संख्यामा नेपालीहरू सलारपुर पुगेका थिए । आगो नियन्त्रण गर्न करिब २ घण्टा लागेको थियो ।








