खैरहनीमा मेयर कप फुटबल हुँदै

 

जेठ ८, चितवन । चितवनको खैरहनी नगरपालिकामा दोश्रो मेयर कप फुटबल प्रतियोगिता जेष्ठ तेस्रो सातादेखी सुरु हुने भएको छ । 

खैरहनी नगरपालिकाको आयोजना तथा युवा स्वर्ण तारा क्लबको सह आयोजनामा यही जेष्ठ १६ गतेदेखि मेयर कप फुटबल हुन लागेको हो । 

null

प्रतियोगितामा नगरको १३ वटा वडाबाट प्रतिनिधित्व हुने गरी एक एक टोलीको सहभागीता रहने छ । 

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयासहित ट्रफी तथा उपविजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने युवा स्वर्ण तारा क्लवका सचिव सागर अधिकारीले जानकारी दिए । 

खैरहनी वडा नम्वर ७ लाई पराजीत गर्दै वडा नम्वर ४ ले पहिलो मेयर कपको उपाधी जितेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *