चन्द्रागिरी रेडक्रस भित्र देखिएको राजनीति अन्त्यका लागि मेरो उमेद्वारीः राजेश घिमिरे

 

जेठ १०, काठमाडाैँ ।  विस २०३० चन्द्रागिरी १२ बलम्बुमा जन्मेका राजेश घिमिरे सामाजिक अभियान्ता हुन् । सहकारी क्षेत्र, रेयुकाई, सर्भिस सिभिल ईन्टरनेश्नल र विभिन्न व्यापार व्यवसायमा लागेर चन्द्रागिरीको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेकाे घिमिरे सन् २००४ मा नेपाल रेडक्रम सोसाईटी पश्चिम भेग राजमार्ग उपशाखा (पभेरा)को संस्थापक उपकोषाध्यक्ष र कोषाध्यक्ष भएर काम गरि सकेका छन् । 

अहिले उक्त शाखाको नाम परिवर्तन भएर नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखा भएको छ । व्यक्तिको शासनलाई होइन विधिको शासनलाई सर्वाेपरी ठानेर नेपाल रेडक्रसको संस्थापक उपकोषाध्यक्ष बनेका घिमिरे पछिल्लो समय रेडक्रसभित्र देखिएको राजनीतिलाई अन्त्य गर्न सभापति पदमा उम्मेद्वारी दिने तयारीमा छन् । 

null

हरेक चार/चार वर्षमा हुने कार्यसमितिको निर्वाचन भोलि ११ बजेदेखि ४ बजेसम्म चन्द्रागिरीको बलम्वु माध्यामिक विद्यालयमा हुँदैछ । कुल ४१० सदस्यले मतदान गर्न पाउने उक्त निर्वाचनका लागि अध्यक्षमा उम्मेद्वारी दिन लागेका सामाजिक अभियन्ता घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश । 

– म एक सामाजिक अभियान्ता हुँ । सामाजिक क्षेत्रको माध्यामबाट चन्द्रागिरीको विकासका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हो । म यस संस्थाको संस्थापक उप कोषाध्यक्ष र कोषाध्यक्ष भएर यसअघि नै काम गरिसकेको मान्छे हुँ यस संस्थामा धेरै राजनीतिक भयो । यो राजनीति अन्त्य गरी आहतलाई राहत दिलाउने संस्थाको रुपमा रेडक्रसलाई विकास गर्नका लागि मैले सभापतिमा उम्मेद्वारी दिन लागेको हुँ । 

– यस संस्था स्थापना भएको १६ वर्ष पुग्न लागेको छ । संस्थाभित्र धेरै राजनीति भयो उक्त राजनीतिको अन्त्यका लागि मेरो उम्मेद्वारी हो । रेडक्रसको अभियन्ता हेनरी डिउनाले रेडक्रसलाई राजनीतिक गर्ने थलो बनाउनु हुँदैन भन्ने कुरालाई सावित गर्दै स्वतन्त्र रेडक्रस निर्माण गर्ने मेरो उदेश्य हो । रेडक्रस राजनीतिक दलको भातृ  संस्थाको रुपमा विकास हुँदै गएकाले यसलाई हटाउनका लागि मलाई भोट दिन आग्रह गर्दछु । 

– अवश्य नै म सभापतिमा विजयी भएभने रेडक्रसलाई राजनीतिमुक्त रेडक्रस निर्माण गर्नेछु । रेडक्रस उपशाखाको स्थापना भएको १६ वर्ष पुगिसक्दा पनि अहिलेसम्म कार्यालय त परै जाओस् एउटा कोठा पनि छैन । म रेडक्रसको एउटा भवन निर्माणका लागि पहल गर्नेछु । यस्तै, युवा पुस्तालाई रेडक्रसको बारेमा जानकारी गराएर जतिसक्दो धेरै युवा सहभागिता बढाउँछु । 

– चन्द्रागिरी भित्र पर्नसक्ने विपद्को सामना गर्न नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखालाई राजनीतिमुक्त बनाउन मलाई भोट हालेर विजयी गराउन सबै मतदातालाई हार्दिक आग्रह गर्दछु । म विजयी भएभने पद ओगटेर बस्ने तर काम नगर्ने व्यक्तिलाई पाखा लगाउँदै युवाहरुलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *