मोदी सपथमा सोनिया–राहुल हुँदैछन् सहभागी ?


जेठ १६, काठमाडौं । नरेन्द्र मोदी आज लगातार दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिँदैछन् ।
शपथ ग्रहण समारोहमा यूपीए अध्यक्ष सोनिया गान्धी र कांग्रेस अध्यक्ष राहुल गान्धी पनि सहभागी हुने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
null
तर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र ओडिशाका मुख्यमन्त्री नविन पटनायक भने उक्त समारोहमा सहभागी हुने छैनन् ।
बीजेपीले ती मानिसहरुका परिवारलाई पनि यसमा सहभागी हुन आमन्त्रित गरेको छ, जो पश्चिम बंगालमा कथित रुपमा राजनीतिक हिंसामा मारिएका थिए । बीजेपीले दाबी गरेको छ कि राजनीतिक हिंसामा उसको ५४ कार्यकर्ता मारिएका थिए ।
ममता बनर्जीले बंगालमा भएको कुनैपनि किसिमका हिंसा दाबीको खण्डन गरेकी छिन् । उनले आफू शपथ ग्रहण समारोहमा आउन चाहेको तर यस्तो खबर बारिएपछि समारोहमा सहभागी नहुने बताइन् ।
भारतीय समय अनुसार बेलुकी ७ बजे शपथ हुँदैछ। प्रधानमन्त्री ओली पनि सपथ समारोहमा सहभागी हुने नयाँ दिल्ली पुगिसकेका छन् । यस पटकको सपथ ग्रहण समारोहमा भने बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्याण्ड, नेपाल र भुटानका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।
