‘छ माया छपक्कै’ मा केकी फाईनल

बैशाख १७, काठमाडौँ । निर्देशक दिपेन्द्र लामा चलचित्र ‘छ माया छपक्कै’ निर्देशन गर्ने जमर्को कस्दैँछन् । मंगलबार काठमाण्डौमा यस चलचित्रको टिमले पत्रकार सम्मेलन गरी ‘छ माया छपक्कै’ निर्माण हुन लागेको जानकारी दिएका छन् । 

 

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा नायिकाकाे भूमिकामा केकी अधिकारी  छनोट भएकी छिन् । यस चलचित्रमा नायिका केकीसँगै दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल छनोट भएका छन् भने अन्य कलाकारहरूको छनोट हुन बाँकी नै रहेको यस चलत्रिको टिमले जानकारी दिएका छन् । 

null

निर्माता रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्रमा निर्देशक दिपेन्द्र लामाको कथा, दिपकराज गिरीको पटकथा रहनेछ । यस चलचित्रमा आधुनिक यूवती र सोझो यूवकको कथालाई समावेश गरी बनाईनेछ । चलचित्रको सुटिङ्ग जेठबाट आरम्भ गरिने निर्माणपक्षले बताएका छन् । 

यस चलत्रिमा संगित दिपक शर्मा दिनेछ भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लले सम्पादन हुनेछ । ‘छ माया छपक्कै’ को प्रर्दशन मिति भने दशैँलाई छुटार्ईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *