‘केबीसी’ को हट सिटमा नायक दयाहाङ र नायक विपिन

बैशाख १९, काठमाडौँ । चलचित्र ‘जात्रै जात्रा’ प्रचार-प्रसार गर्ने क्रममा यस चलचित्रका टिमले ‘काे बन्छ करोपति’ शोमा सहभागी जनाएका छन् । 

 

‘केबीसी’ संचालक तथा नायक राजेश हमाल सँग ‘केबीसी’ को हट सिटमा बसी नायक दयाहाङ राई र विपिन कार्कीले को बन्छ करोडपती खेलेका हुन्। 

null

नायक दयाहाङ राइले उक्त खेलको हट सिटमा बसी यस कार्यक्रमको संचालक तथा नायक राजेश हमालसँग बसी खेल्दा नयाँ अनुभुती र मनोरन्जन भएको बताउँछन् ।  त्यस्तै नायक विपिन कार्कीले भने खेल खेल्न गाह्रो भएपनी भरपुर मनोरञ्जन भएको बताएका छन् । 

 

यस खेलबाट जति पनी रकम उठेको छ त्यसमा यस चलचित्रको टिमले थपेर नायिका स्वेता खड्काले हाल सिन्धुपाल्चोकको माझी बस्तीमा निर्माण गरी रहेको बस्ती निर्माणको सहयोगको लागि स्वेता श्री फाउन्डेशनलाई हस्तान्तरण गर्ने यस चलत्रिको निर्देशक प्रदिप भट्टराइले बताएका छन् । तथापी यस खेलबाट यस चलचित्रको टिमले कती रकम जित्न सफ भए त्यो कुरा भने प्रस्ट पारेका छैनन् । 

कलाकार विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिं बानियाँ, बर्षा राउत लगायत अभिनित यस चलचित्रको प्रर्दशन मिति भने आगामी जेठ ३ गते तोकिएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *