संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

 

बैशाख २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदैछन् । 

प्रम ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको तर्फबाट गत शुक्रबार (२० गते) संघीय संसदको दुवै सदनको बैठकमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका हुन् । 

null

मंगलबार बिहान ११ बजे बस्ने संसदको पहिलो बैठकमा बोल्न बाँकी केही सांसदले आफ्ना विचार प्रस्तुत गरेपछि प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले जवाफ दिएपछि दोश्रो बैठकले नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । 

आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको थियो । 

छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद तथा नेताहरुले नीति तथा कार्यक्रम चित्त बुझ्दो भएको बताएका थिए भने प्रतिपक्षी दलका सांसदहरुले यसको के–के नपुगेको भन्दै यसको टिप्पणी गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *