स्वस्तिमाले सार्वजनिक गरिन् ‘घामट शेरे’ मा आफ्नो र निश्चलको लुक्स

बैशाख २६, काठमाडौँ । निर्देशक हेमराज बीसीको निर्देशनमा निर्माण भएको चलचित्र  ‘घामट शेरे’ को टिम यतीबेला सुटिङ्गको लागि सुर्खेत पुगेका छन् । 

 

यसै बिच यस चलचिको मुख्य पात्र रहेकी नायिका स्वस्तिमा खड्काले आफ्नो र नायक निश्चलको बस्नेतको लुक्स सार्वजनिक गरेकी छिन् । यी दुई जोडी यस चलचित्रको मुख्य पात्र हुन् । यी दुई जोडी यस चलचित्रमा श्रीमान् /श्रीमतीको भूमिका देखा पर्ने  भएका छन् । 

null

रिल लाईफ मात्र नभई वास्तिवक जिवनमा नै श्रीमान् /श्रीमती रहेका यी जोडीले धेरै म्युजिक  भिडियो र चलचित्रको गीतमा भने जोडी भएर काम गरिसकेका छन् । तर चलचित्रमा श्रीमान् / श्रीमती भएर काम गर्न लागेको यो पहिलो चलचित्र हो । 

निकै नै आकर्षित देखिने यी जोडीलाई चलचित्रमा एकसाथ काम गर्न धेरै प्रस्तावहरु आएपनी उनीहरुले राम्रो स्कृप्ट नभएको भन्दै चलचित्रहरुको प्रस्तावहरु अस्विकार गर्दै आईरहेका थिए । तर ‘घामट शेरे’ को स्कृप्ट पढेपछी उनीहरु यस चलचित्रमा खेल्न राजी भएका हुन् । 

हाल ‘घामट शेरे’ को सुटिङ्ग सुर्खेतमा भईरहेको छ । करिव १ महिनाको तालिका बनाएकर सुर्खेत हिँडेको यस चलचित्रको टिम सुर्खेतको सुटिङ्ग सकिएपछी केही दृश्यहरु काठमाण्डौंको पनी समावेश गरिने निर्माणपक्षले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *