टी–२० वरियतामा ३ स्थान माथि उक्लियो नेपाल

 

बैशाख २०, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपाल ३ स्थान माथि उक्लिएको छ । 

आईसीसीले शुक्रबार जारी गरेको वरियतामा नेपाल १४ स्थानबाट २१२ अंकसहित ११ औं स्थानमा उक्लिएको छ । यूएई सिरिज २–१ ले जीतेपछि नेपालको टी–२० वरियतामा सुधार आएको हो । 

null

टी–२० को वरियतामा २८६ अंकसहित पाकिस्तान शीर्ष स्थानमा रहेको छ भने दोस्रोमा दक्षिण अफ्रिका तेस्रोमाा इंग्ल्याण्ड, चौँथोमा अष्ट्रेलिया र पाँचौँ स्थानमा भारत रहेको छ । भारतको २६० अंक छ । 

त्यस्तै न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं, श्रीलंका र वेस्टइन्डिज नवौं स्थानमा छन् भने नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *