आजदेखि विश्वकप क्रिकेट सुरु, उदघाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी । अबको करिब एक महिना विश्वकप क्रिकेटले सबैको ध्यान केन्द्रित गर्नेछ । सबै टिम इंग्ल्यान्ड पुगिसकेका छन् भने अब कुन टिमको प्रदर्शन कस्तो र कुन खेलाडीले के गरे ? भन्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नेछ । विश्वकप क्रिकेट आज लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै सुरु हुनेछ । उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । 

आफ्नो पहिलो खेलमै घरेलु समर्थकलाई निरास बनाउने लक्ष्यमा हुने छैन इंग्ल्यान्ड । स्पष्ट जित हात पार्दै अघि बड्ने लक्ष्यमा इंल्यान्ड छ । अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ । त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । 

 

null

यसपाली इंग्ल्यान्डको टिम बलियो छ । ब्याटिङ, बलिङ र फिल्डङ यी तीनै पक्ष चुस्त देखिएको छ । नेपाली समयअनुसार खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । दक्षिण अफ्रिका पनि इंग्ल्यान्डलाई पराजित गर्दै स्पष्ट जितको खोजिमा हुनेछ । दक्षिण अफ्रिकाको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ । यो पटकको विश्वकप उपाधिको दाबेदार टिममध्येकै एक दक्षिण अफ्रिका पनि हो । 

विश्वकपका लागि इंग्ल्यान्ड टिमइओइन मोर्गन ‘कप्तान’, जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन । 

विश्वकपका लागि दक्षिण अफ्रिका टिमफाफ् डु प्लेसिस ‘कप्तान’, डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, जेपी डुमिनी, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, डेल स्टेन, लुन्गी नगिडी, डवान प्रेटोरियस, तब्राइज शाम्सी र एन्डिल फेहलुकवाओ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =