आज च्याम्पियन्स लिगः लिभरपुलले एनफिल्डमा कम ब्याक गर्ला ?

काठमाडौं, वैशाख २४ । युरोपियन च्याम्पियनस लिग फुटबलमा सेमिफाइनलअन्तर्गत आज इंग्लिस टोली लिभरपुल र स्पेनिस बार्सिलोना निर्णायक भिडन्त गर्दैछन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने यो खेलबाट यी दुई टोली एकले अर्कोलाई पन्छाएर फाइनल पुग्ने दाउमा छन् । 

यसअघि आफ्नो घरमा भएको पहिलो लेगको खेल बार्सिलोनाले ३–० ले जितेको थियो । तसर्थ, आज आफ्नो घरेलु मैदानमा उत्रिँदा लिभरपुल चर्को दबाबमा हुनेछ । अवे मैदानमा भएको अघिल्लो लेग गोलविहीन अवस्थामा ३ गोलको फरकमा हारेकाले ऊमाथि आज आफ्नो घरमा शानदार कमब्याक गर्नुपर्ने दबाब छ । 

यता, बार्सिलोना भने निकै सहज अवस्थामा छ । पहिलो लेगबाट ऊसँग स्पष्ट ३ गोलको अन्तर छ भने उसले लिभरपुललाई अवे गोलसमेत गर्न दिएन । तसर्थ, आज लिभरपुलको घरमा उत्रिँदा बार्सिलोनालाई सामान्य जित पनि काफी हुन्छ । त्यत्ति मात्रै हैन, ऊ २–० सम्मले हारे पनि एग्रीगेटमा अघि रहेर फाइनल पुग्न काफी हुन्छ । 

null

 

यदि बार्सिलोनाले लिभरपुलको घरमा १ मात्रै गोल गरेको खण्डमा त्यो बेला लिभरपुललाई खेल जित्न ५ गोल अवश्यक हुन्छ । तर, यदि ९० मिनेटमा लिभरपुलले खेल ३–० ले जित्यो भने एग्रीगेटमा ३–३ हुने हुँदा खेल ३० मिनेटको थप समयमा जानेछ । त्यहाँ पनि हार–जित नभए खेल पेनाल्टीमा जानेछ । 

अघिल्लो लेग आफ्नो घरमा खेलेको बार्सिलोना समग्रमा ठीठाक अवस्थामा लिभरपुलको घरमा उत्रिँदैछ । उसका फ्रेन्च विंगर उसामान डेम्बेले चोटले टोलीबाहिर रहेबाहेक उसलाई कुनै समस्या छैन । टोलीका अन्य सबै प्रमुख खेलाडी फिट छन् । 

तर, लिभरपुल भने आफ्नो घरमा फराकिलो नतिजा उल्ट्याउनुपर्ने दबाबबीच बार्सिलोनाविरुद्ध उत्रिँदा चोट ठूलो समस्यामा परेको छ । उसका प्रमुख ३ जना खेलाडी यस खेलमा चोटका कारण हुनेछैनन् । 

 

जसमा मिडफिल्डर नावी केइटा गत साता बािर्सलोनाको घरमा पहिलो लेग खेल्नेक्रममा घाइते भएका थिए भने रोवर्ट फर्मिन्हो पहिल्यैबाट घाइते भएकाले उनी पूर्ण रूपमा फिट छैनन् । यता, स्टार फरवार्ड मोहमद सालाह ३ दिनअघि मात्रै प्रिमियर लिग खेल्नेक्रममा घाइते भएकाले उनले पनि यो खेल नखेल्ने पक्का भइसकेको छ । 

तसर्थ, आज महत्त्वपूर्ण खेलमा लिभरपुललाई फर्मिन्हो र सालाह नहुँदा गोलकर्ता खेलाडीको अभाव चर्को रूपमा खड्किन सक्नेछ । 

कुन टिमलाई कसको भर ?आफ्नो घरमा उत्रिँदा लिभरपुल ३ जना प्रमुख खेलाडी नभए पनि उससँग अन्य राम्रा खेलाडीको अभाव छैन । आज बार्सिलोनाविरुद्ध लिभरपुलको पोस्ट ब्राजिलियन गोलरक्षक एलिसन बेकरले नै सम्हाल्नेछन् । त्यसपछि रक्षापंक्तिमा भर्जिल भान डाइक र अलेक्जान्डर अर्नोल्डलागयतको कमान्ड हुनेछ । मिडफिल्ड कप्तान जेम्स मिल्नर, जोर्डन हेन्डर्सन, फाविन्होलगायतले सम्हाल्नेछन् । 

आज सालाह र फर्मिन्हो नहुँदा बार्सिलोनाको पोस्ट हान्ने जिम्मा साडियो माने, शाकिरी, डिभोक ओरिगीले पाउनेछन् । यता, बार्सिलोनाको पोस्ट आज पनि जर्मन गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनले नै सम्हाल्नेछन् । रक्षापंक्तिमा जेरार्ड पिके, जोर्डी अल्बा, सामुएल उम्टिटी र नेल्सन सेमेडोले सुरुआती टिममा स्थान बनाउने सम्भावना छ । मिडफिल्डमा इभान राकिटिक, सर्जियो बुस्केटस्, अर्थुर मेलो र अर्टुरो भिडालेमध्येबाट हुनेछन् । 

त्यसैगरी, आक्रमण लाइनमा कप्तान लिओनल मेस्सीसँग लुइस स्वारेजको जोर्डी हुनेछ । डेम्बेले घाइते भएकाले यस खेलमा फिलिपे कोउटिन्होले मेस्सी र स्वारेजसँग आक्रमणपंक्तिमा साझेदारी गर्नेछन् । 

खेल लाइभबारे जानकारी !नेपालमा यो खेल सोनी नेटवर्क च्यानलअन्तर्गत क्यलथ त्भल द्द, क्यलथ त्भल द्द ज्म् बाट लाइभ हेर्न सकिन्छ । ल्यापटप–कम्प्युटरबाट धधध।कयलथष्खि।अयm लगिन गरेर पनि लाइभ हेर्न सकिन्छ । त्यस्तै, मोबाइल एपबाट हेर्नेका लागि क्यलथीक्ष्ख् सबैभन्दा उत्तम विकल्प हुनेछ । खेल नेपाली समयअनुसार आज राति ठीक १२ः४५ बजेबाट एनफिल्डमा सुरु हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =