खैरहनीमा उपभोक्ता भेला प्रचार कार्यक्रम

 

बैशाख ३०, चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जिल्लाको खैरहनी नगरपालिकामा खाद्य स्वच्छता सम्वन्धी उपभोक्ता भेला प्रचार कार्यक्रम गरेको छ । 

खैरहनी नगरपालिका र चितवन उद्योग संघ खैरहनी इकाई समितिको सहआयोजनामा सोमबार कार्यक्रम गरिएको हो । 

null

उपभोक्ताहरुलाई स्वच्छ खाद्य पदार्थ पुर्याउने उद्देश्यले डिभिजन कार्यालय चितवनले जिल्लाका स्थानीय तहहरुमा कार्यक्रम गर्दै आएको छ । त्यसै अन्र्तगत खैरहनीका उपभोक्ता, उद्योगी, व्यवसायी, नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई लक्षित गरि कार्यक्रम गरिएको थियो । 

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत विक्की राउत र खाद्य निरीक्षक प्रदिप काफ्लेले खाद्य स्वच्छताका बारे सहजीकरण गरेका थिए । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतको अध्यक्षता तथा खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *