अदालत परिसरभित्रै कुटिए अधिवक्ता डुम्रे

काठमाडौं, १४ जेठ । पूर्वी नवलपरासीको जिल्ला अदालत परिसरभित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन् । सोमबार दिउँसो अदालतमा बहसका लागि जाँदै गरेको अधिवक्ता डुम्रेलाई गैडाकोट-८ का ५८ वर्षीय दुर्गा ढुंगानाले कुटपिट गरेको अधिवक्ता गणेश अधिकारीले जानकारी दिए । डुम्रे बार एसोसिएसन नवलपरासीका पूर्व अध्यक्ष हुन् । 

 

जिल्ला बार एसोसिएसनका उपाध्यक्ष गणेश अधिकारीले एक विज्ञप्ति निकालेर अधिवक्ता डुम्रेमाथि हातपात गरेर दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् । हातपात गर्ने ढुंगाना नेकपाका स्थानीय नेता समेत हुन् । गाडी दुर्घटनासम्बन्धी मुद्दाको साक्षी बस्ने काममा ढुंगाना अदालत आएका थिए । यो खबर आजको कान्तिपुरमा छापिएको छ । 

null

बार एसोसिएसनले अदालतको काम प्रभावित गर्न खोजेको र अभद्र व्यवहार गरेको आरोपमा ढुंगानाविरुद्ध मुद्दा दायर गर्ने भएको छ । जिल्ला अदालतमै वकिल कुटिएको यो पहिलो घटना हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =