करीनासँगको ब्रेकअपको पीडा यसरी पोखे शाहिदले

 

जेठ १, काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरले करीना कपूरसँगको ब्रेकअपबारे मुख खोलेका छन् । 

अभिनेता शाहिदले चलचित्र ‘कबीर सिंह’ को ट्रेलर सार्वजनिक कार्यक्रममा आफ्नो ब्रेकअपका पीडाबारे खुलाएका हुन् । त्यस समय आफू निकै पीडामा भएको पनि उनले सुनाए । मुश्किलले ती पीडाबाट बाहिर निस्किएको उनको भनाइ छ । 

null

‘दिल सबैको टुट्छ । दिल टुट्दा कोही पनि खुशी हुन सक्दैन । करिनासँगको ब्रकअप मेरा लागि खराब दिन सावित भयो । दिल टुट्दा केही पनि ठिक छ जस्तो लाग्दैन । जिन्दगी बेरंग हुन्छ, ब्ल्याक एण्ड ह्वाइट फिल्म् जस्तो’, शाहिदले भने । 

अभिनेता शाहिद र करीना गहिरो प्रेममा थिए । सैफ अली खानसँग करीनाको निकटता बढेपछि उनीहरु छुट्टिएका हुन् । 

चलचित्र ओमकारा बाटै करीना र सैफबीच प्रेम बसेको बताइन्छ । ‘टशन’ बाट उनीहरु नजिकिएका थिए । सैफले आफ्नो हातमा करीनाको ट्याटूसमेत बनाएका थिए । 

चलचित्र ‘कबीर सिंह’ मा शाहिदले पागल प्रेमी, ब्रेकअप भएपछि बिग्रिएका युवकको भुमिका निभाएका छन् । फिल्म जुन २१ मा प्रर्दशन हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *