‘उत्कृष्ट नायक’को अवार्ड सलिमानको पोल्टामा

बैशाख २२, काठमाडौँ । चकलेटी अनुहारको उपनाम पाएका सलिनमान बनियाँ उत्कृष्ट नायकको अवार्ड हात पार्न सफल भएका छन् । 

 

काठमाण्डौमा आयोजना भएको ‘डी सिने अवार्ड’मा सलिनमानले उत्कृष्ट नायक उपाधी हासिल गर्न सफल भएका हुन् । आजकै दिन जन्मदिन परेको  सलिनमानले ‘ए मेरो हजुर २’ बाट आफ्नो पाईला चलचित्रको रंगिन संसारमा टेकेका हुन । ‘ए मेरो हजुर २’ त्यती सफल नभएपनी उनको क्रेज भने निकै बढेको थियो । उनलाई यस चलचित्रमा धेरै दर्शकले अभिनय गर्न नजान्ने कलाकार  भनेर समेत आरोप लगाएका थिए । 

null

‘ए मेरो हजुर २’ बाट दोस्रो चलचित्र ‘यात्रा’ सम्म आईपुग्दा उनको अभिनयमा निकै निखारिएको भेटियो । चलचित्र ‘यात्रा’ मा उनको अभिनयलाई दर्शकले अत्याधिक रुचाएका थिए । यी नै चलचित्र यात्राले आज उनलाई उत्कृष्ट नायकको अवार्ड जित्न सफल बनायो । 

‘डी सिने अवार्ड’मा उत्कृष्ट नायकको अवार्ड उचाल्दै गर्दा उनको मुहारमा निकै खुशी झल्कीरहेको देखिन्थ्यो । उनले आफूले यो अवार्ड पाउने आशै नगरको तर पाएकोमा एकदम खुशी भएको बताएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *