सीपीएलमा सन्दीप बार्बाडोसबाट खेल्ने, भए महँगो मूल्यमा ‘विक्री’
२०७६ जेठ ९ गते

काठमाडौं, ९ जेठ । नेपाली बलर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएलमा बार्बाडोस ट्रिडेन्टबाट खेल्ने भएका छन् । अघिल्लो संस्करणमा सेन्ट किट्स एण्ड नेभी प्याट्रियोट्सबाट खेलेका सन्दिपलाई यस पटक बार्बाडोसले किनेको हो ।
सन्दीपलाई बार्बाडोसले ७० हजार अमेरिकी डलरको स्लटमा अनुबन्ध गरेको हो । त्यस्तै, नेपालका सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी पनि अक्सनको ड्राफ्टमा छन् ।
null
२०७६ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित








