अरुका लागि केही गरेर मर्नु नै महानता होः राजेश हमाल

 

बैशाख २६, काठमाडौं । नेपाली चलचित्र जगतका महानायक राजेश हमालले राज्यले प्रतिभावान् बहुसंख्यक युवालाई राज्यमा नै अवसर दिनुपर्ने बताएका छन् । 

बाल स्याहार गृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला पुगेका महानायक हमालले देशमा प्रतिभा भए पनि अवसरको कमी रहेको औँल्याउँदै युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताएका हुन् । 

null

‘देशमा अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ । जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो’, हमालले भने । 

बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो। भवन रु ५० लाख बढी लागतमा निर्माण गरिएको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *