द कपिल शर्मा शोमा सिद्धूलाई हटाएपछि अर्चनालाई यस्तो पत्र लेखे

बैशाख २५, भारत । भारतमा सोनी च्यानलबाट प्रशारण हुने कमिडियन शो द कपिल शर्मा शोका हाल सिद्धूकाे स्थानमा  अर्चना पूरण सिंहले चलाउँदै  चलाउँदै आईरहेकी छिन् । यसै क्रममा उनलाई कुर्सी छोड्न भनी एक पत्र आएको छ ।  

  

उनलाई यो पत्र द कपिल शर्मा शो सजिन १ का  नवजोत सिंह सिद्धूले लेखेका हुन् । खुल्ला भावना भएका सिद्धू आफ्नो कुनैपनी कुरा कसैसँग राख्न हिचकिउँदैन् । यसै क्रममा उनले पुलवामा हमलामाथि एक बयान दिएका थिए । जस्को कारण इन्टरनेटमा उनीबारे विभिन्न नकारात्मक अलोचना आएपछी उनलाई यस शोका निर्माण पक्षले हटाएर यस शोमा उनको स्थानमा अर्चनालाई राखेका थिए । 

null

द कपिल शर्मा शोको शनिबारको एपिसोडमा कपिल शर्माले नवजोत सिंह सिद्धूले पठाएको एक पत्र लिएर सेटमा आए र त्यो सबैको सामुन्ने पढेर सुनाएका थिए । पत्र यती हाँस्पद थिए कि त्यो पत्र पढेर सुनाउँदा त्यस शोमा आएका सबैजना हाँस्न बाध्य भएका थिए । उनले पत्रमा यस्तो लेखेका थिए । 

‘डियर अर्चना, म तिम्रो राम्रो स्वास्थ्यको कामना गर्छु । म कामना गर्छु कि तिमी निकै स्वस्थ हौ । यति स्वस्थ कि तिमीलाई सोफामै बस्न गाह्रो होस् । ’ 

‘म तिम्रो लागि आफ्नो घर छोड्न सक्छु । आफ्नो काम छोड्न सक्छु र आफ्नो शहर छोड्न सक्छु । तर तिमीले मेरो कुर्सी छोड्नुपर्छ । तिम्रो प्यारो नवजोत सिंह सिद्धू ।’ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *