सामाजिक सञ्जालमा किशोरीलाई अश्लिल म्यासेज गर्ने प्रहरी जवान पक्राउ


जेठ १५, भारत । भारतको जम्बू कश्मीरको रियासी जिल्लामा सामाजिक सञ्जाल फेसबुकको दुरुप्रयोग गरी किशोरीहरुलाई अश्लिल म्यासेज पठाउने एक प्रहरी जवान प्रक्राउ परेका छन् ।
पक्राउ पर्नेमा केन्द्रीय बलका जवान भएको खुल्न आएको छ । उनले नक्कली फेसबुक आइडी बनाएर १६/१७ वर्षका किशोरीहरुलाई अश्लिल म्यासेज पठाउने गरेको खुल्न आएको हाे ।
null
जब पिडित किशोरीले यो कुरा आफ्ना पितालाई भने अनि पिताले छारीको म्यासेज बक्समा आएको म्यासेज प्रहरी चौकीमा देखाए तब घटना सार्वजनिक भएको हो । पक्राउ परेका प्रहरी जवानमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घटनाको पुरा विवरण यस्तो छ
गएको मे ८ तारिखमा एक किशोरीको पिताले प्रहरी चौकीमा गइ आफ्नो छोरीमो म्यासेज देखाएपछि घटना बाहिर आएको हो ।
प्रहरीले साइबर अपराध अन्तर्गत अनुसन्धान गर्दा नक्कली फेसबु्क अकाउन्ट बनाएको खुल्न आएको छ । नक्कली फेसबुक एकाउन्ट भन्ने पत्ता लगाएपछि प्रहरीले एकाउन्ट सञ्चालन गर्नेको पनि अनुसन्धान गर्न थाल्यो ।
जब प्रहरीको अनुसन्धान बाहिर आयो सबैजना चकित परे । ती किशोरीसँग च्याट गर्ने अरु कोही नभएकर केन्द्रीय सुरक्षा बलका प्रहरी हवल्दार थिए ।
हवल्दारलाई कारागारमा राखेर केरकार गर्दा उनले अरु किशोरीहरुलाई पनि अश्लिल म्यासेज पठाउने गरेको खुल्न आएको हो ।
