डेराबासी गायकले ल्याए ‘कसले माया गरेर हो की’

 

जेठ ५, काठमाडौं । पूर्वेली गायक निशान सिंखडाले नयाँ गीत ल्याएका छन् । यस अघि डेराबासीबाट चर्चामा आएका नव गायक निशानको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको छ । ‘खै कसले माया गरेर हो की’ बोलको गीत ल्याएका छन् । 

प्रदीप प्रखर पोखरेलको शब्द रचनामा द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले संगीत भरेका छन् । म्युजिक भिडियोलाई बसन्त बाम्वुले राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई दिनेश राईले खिचेका छन् । भने, बसन्त र तपस्याले अभिनय गरेका छन् । 

null

म्युजिक भिडियोमा एक प्रेमिल जोडीको कथा बुनिएको छ । पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोले आँखामा शितलता प्रदान गर्दछ । गायक निशान सिंखडाको यस अघिको डेराबासी सँगै अन्तरुमन्तरु चर्चामा आएको थियो । 

केहि दिन अघि युट्युवमा सार्वजनिक भएको गीतले आफुलाई सांगितिक क्षेत्रमा नयाँ उचाई दिने गायक निशानले बताए । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *