आईपीएल: सुपर ओभरमा हैदरावादलाई पराजित गर्दै मुम्बइ प्लेअफमा प्रवेश

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बइ इण्डियन्स प्ले अफमा प्रवेश गरेको छ । वान्खाडे क्रिकेट स्टेडियम बिहिबार भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै मुम्बइ प्ले अफमा पुगेको हो । 

मुम्बइले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोड्दै मुम्बईलाई ९ रनको लक्ष्य दिएको थियो । 

 

null

सुपर ओभरमा मुम्बईका जस्प्रित बुम्राहले कसिलो बलिङ गरे । जवाफमा मुम्बईले विना विकेटको क्षतिमा ३ बलमा लक्ष्य पुरा गर्यो । राशिद खानको बलिङमा मुम्बईका हार्दिक पाण्डयाले एक छक्कासहित ७ रन जोडे । 

सुपर ओभरमा जानुअघि हैदरावादका मनिस पाण्डेले अविजित ७१ तथा मोहमद नाबीले ३१ रन जोडेका थिए । यस्तै रिद्दिमान साहले २५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, हार्दिक पाण्डया र कुर्नाल पाण्डयाले २/२ विकेट लिएका थिए । 

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले ५० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । मुम्बईका लागि क्विनटन डी ककले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै कप्तान रोहित शर्माले २४ तथा सूर्यकुमार यादवले २३ रन बनाए । हैदरावादका खलिल अहमेदले ३ विकेट लिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + one =