बार्सिलोनाको उपाधि जित्ने लक्ष्य चकनाचुर, भ्यालेन्सिया बन्यो च्याम्पियन

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोनालाई २–१ ले पराजित गर्दै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन बनेको हो । सेभियामा भएको खेलमा बार्सिलोनालाई पराजित गर्न केभिन गेमेरियो र रोड्रिगोले गोल गरेका थिए । बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरेपनि हार टार्न सकेनन् ।
भ्यालेन्सियाले पहिलो हाफको सुरुमै लिएको दुई गोलको अग्रता जोगाइराख्न सफल भयो । २१ औं मिनेटमा केभिन गेमेरियाको गोलबाट भ्यालेन्सियाले खेलमा अग्रता बनायो । उनले जोसे गायाको पासलाई सदुपयोग गरेका थिए । बार्सिलोनाविरुद्ध भ्यालेन्सियाले ३३ औं मिनेटमा रोड्रिगोले गोलबाट अग्रता दोब्बर बनाए । उनले कार्लोस सोलेरको पासलाई सदुपयोग गरेका थिए । दुई गोलले पछि परेपछि बार्सिलोनाले भ्यालेन्सियालाई दवावमा राख्दै १ गोल फर्काउन सफल भएको थियो ।
null
तर, थप गोल निस्कन नसक्दा बार्सिलोना उपाधि जित्नबाट वञ्चित बन्यो । ७३ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिएका थिए । भ्यालेन्सिया सन् २००८ पछि पहिलोपटक कोपा डोल रे च्याम्पियन बनेको हो । भ्यालेन्सिया समग्रमा आठौंपटक कोपा डेल रे च्याम्पियन बनेको हो ।








