१५ करोडको कंक्रिटवालको शिलान्यास

 

बैशाख २४, चितवन । चितवनको खैरहनी र राप्ती नगरपालिकामा वन्यजन्तु र मानवबीचको द्वन्द्व न्युनिकरणका लागि निर्माण गर्न लागिएको कंक्रिटवालको मंगलबार शिलान्यास गरिएको छ । 

प्रदेश ३ सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको १५ करोड रुपैयाँले कंक्रिटवाल निर्माण गर्न लागिएको हो । 

null

निर्माण गर्न लागिएको कंक्रिटवालको एक कार्यक्रमका बीच खैरहनी १३ सिम्रेनीमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गरे । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले कंक्रिटवाल निर्माणपछि वन्यजन्तुबाट मानवीय र बालीनालीको क्षति नहुने दावी गरे । 

१५ करोड बजेटले खैरहनीको ४ वडा वडा र राप्तीको ३ वटा वडामा कंक्रिटवाल निर्माण हुने छ । खैरहनी नगरपालिकाको वडा नम्वर १०, ११, १२ र १३ तथा राप्तीको १, ३ र ६ नम्वर वडाको मध्यवर्ती सामुदायिक वन र बस्ती सिमानामा वाल निर्माण हुने कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हिरावहादुर गुरुङले जानकारी दिए । 

एक किलो मिटर कंक्रिटवाल निर्माणका लागि करिब १ करोड लाग्ने अनुमान छ । खैरहनी १३ वैरिया हर्नरीदेखी राप्तीको लोथर सम्म करिब २२ किलो मिटर किलोमिटर छ । निकुञ्ज र बस्ती सिमाना खुल्ला हुँदा वर्षेनी यस क्षेत्रमा मानवीय क्षति हुनुका साथै लाखौँको बालीनाली क्षति हुँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *